कोशी प्रदेशमा खेलाडी, खेलकर्मी र खेल पत्रकारलाई नगदसहित सम्मान

<span class='c1'>कोशी प्रदेशमा खेलाडी, खेलकर्मी र</span> <span class='c2'>खेल पत्रकारलाई नगदसहित सम्मान</span>

सोनु साह
विराटनगर। प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको गौरव बढाउने खेलाडी, अग्रज खेल विज्ञ, प्रशिक्षक, व्यवस्थापक, खेलकुद कर्मचारी तथा खेल पत्रकारलाई नगदसहित सम्मान गरेको छ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा खेल क्षेत्रसँग आबद्ध विभिन्न विधाका व्यक्तित्वलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको बोर्डका सदस्य–सचिव विप्लव घोषले जानकारी दिए।

कार्यक्रममा १३ जना खेल विज्ञलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने खेल क्षेत्रमा विशेष योगदान पुर्‍याएका गणेशप्रसाद दुलाललाई १० हजार रुपैयाँसहित सम्मान गरियो। त्यस्तै ४ जना खेलकुद कर्मचारी र ५ जना खेल पत्रकारलाई पनि जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

झापाको दमकमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पदक जित्ने राजन सुवेदीलाई १५ हजार, पूजा भण्डारीलाई २५ हजार र कृतिसारा अधिकारीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।

पारा खेलतर्फ स्वीकृत न्यौपानेलाई ५० हजार रुपैयाँसहित सम्मान गरियो। पौडीतर्फ रविकास कुमाललाई ५० हजार, सिसोम्बुन राईलाई २५ हजार रुपैयाँ प्रदान गरिएको भने अश्विन थापालाई सम्मानपत्र प्रदान गरिएको थियो। पौडी प्रशिक्षक इन्द्रजित राजभण्डारीलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ।

आईटीएफ तेक्वान्दोतर्फ १३ जना खेलाडीलाई उपलब्धिका आधारमा ६ हजारदेखि १५ हजार रुपैयाँसम्म प्रदान गरिएको छ। जुडोतर्फ ७ जना खेलाडीलाई १५ हजारदेखि २५ हजार रुपैयाँसम्म नगदसहित सम्मान गरिनुका साथै दुई जना प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो।

कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा सम्पन्न राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पनि सम्मान गरिएको छ। कास्य पदक विजेतालाई ६ हजार, रजत पदक विजेतालाई ८ हजार तथा प्रशिक्षक र व्यवस्थापकलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको बोर्डले जनाएको छ।

बक्सिङतर्फ पदक विजेता तीन जना खेलाडीलाई उपलब्धिअनुसार १५ हजारदेखि २५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने कुस्तीतर्फ रजत तथा कास्य पदक जित्ने ६ जना खेलाडीलाई १५ हजार र २५ हजार रुपैयाँका दरले सम्मान गरिएको छ।

टेबलटेनिसतर्फ पुरुष टिम इभेन्टमा कास्य पदक जित्ने पाँच जना खेलाडीलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिएको छ। यसैगरी महिला एकल, डबल्स, टिम इभेन्ट तथा अन्डर समूहका पदक विजेता खेलाडीलाई ६ हजारदेखि ३० हजार रुपैयाँसम्म नगद प्रदान गरिएको थियो भने महिला एकल रजत पदक विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ।

ब्लाइन्ड क्रिकेटतर्फ दुई जना खेलाडीलाई जनही १ लाख रुपैयाँ र प्रशिक्षकलाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ। महिला क्रिकेट टोलीका १४ जना खेलाडीलाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ भने प्रशिक्षक र टिम व्यवस्थापकलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ।

सम्मानित सबै व्यक्तिका लागि कार्यक्रमस्थलसम्म आउन–जान दुईतर्फी यातायात खर्चको समेत व्यवस्था गरिएको बोर्डले जनाएको छ।

बोर्डका सदस्य-सचिव विप्लव घोषका अनुसार प्रदेशका खेलाडी, प्रशिक्षक, खेलकर्मी र सञ्चारकर्मीको योगदानको उच्च मूल्यांकन गर्दै खेलकुद क्षेत्रको विकास, खेलाडीको मनोबल अभिवृद्धि तथा उत्कृष्ट प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्