३ वर्षदेखि रोकिएका ३५ हजारभन्दा बढी लाइसेन्स विराटनगर आइपुग्यो, सोमबारदेखि वितरण सुरु

<span class='c1'>३ वर्षदेखि रोकिएका ३५ हजारभन्दा बढी</span> <span class='c2'>लाइसेन्स विराटनगर आइपुग्यो, सोमबारदेखि वितरण सुरु</span>

प्रेम देवान
विराटनगर । विगत करिब तीन वर्षदेखि रोकिएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) विराटनगरस्थित यातायात व्यवस्था कार्यालयमा आइपुगेका छन् । कार्यालयमा एकैपटक ३५ हजार ५ सय ५० वटा लाइसेन्स प्राप्त भएपछि अब वितरण प्रक्रिया सुरु गरिने भएको छ ।

यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख मनोज कार्कीका अनुसार सन् २०२४ देखि अप्रिल २०२६ सम्म छापिएका ३५ हजार ५ सय ५० वटा सवारी चालक अनुमति पत्र कार्यालयमा आइपुगेका हुन् ।

प्रमुख कार्कीले यो पहिलोपटक यति ठूलो संख्यामा लाइसेन्स कार्यालयमा आएको बताउँदै असार २९ गते सोमबारदेखि वितरण सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार वितरणलाई व्यवस्थित बनाउन अल्फाबेटिकल (नामको पहिलो अक्षर) अनुसार सेवाग्राहीलाई बोलाइनेछ। त्यसका लागि शुक्रबार नै सार्वजनिक सूचना जारी गरिने तयारी गरिएको उहाँले बताउनुभयो ।

कार्कीले लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीलाई अब राहत मिल्ने विश्वास व्यक्त गर्दै वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाइने बताउनुभयो ।

यसैबीच, कार्यालयले सेवा प्रवाहलाई अझ नागरिकमैत्री, पारदर्शी र उत्तरदायी बनाउन नयाँ व्यवस्था पनि लागू गरेको छ। शुक्रबारदेखि कार्यालयमा सुझाव पेटिका तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम सञ्चालनमा ल्याइएको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

आफूले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि कार्यालयको सेवा, व्यवस्थापन र कार्यशैलीमा सुधार हुँदै गएको प्रतिक्रिया सेवाग्राहीबाट आउन थालेको उल्लेख गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रदान गर्न सुझाव र प्रतिक्रियालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्