विराटनगर । विराटनगरकी कलाकार काजल कर्णले नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ को सुटिङ सेटमा आफूले मधेशी भएकै कारण अपमान, विभेद र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा उनले आफूलाई ‘यो मधेशी’, ‘मधेसेनी’ भन्दै होच्याइएको, स्क्रिप्टमा नभएको फोहोर उठाउने दृश्य गराइएको, मेकअपका क्रममा जातीय टिप्पणी गरिएको तथा अन्तिममा जानकारी नै नदिई फिल्मबाट हटाइएको दाबी गरेकी छन्। उनले पारिश्रमिकसमेत पूर्ण रूपमा नपाएको आरोप लगाएकी छन्।
३५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी काजलले यो घटना केवल आफ्नो व्यक्तिगत पीडा नभई नेपाली फिल्म क्षेत्रमा मधेशी कलाकारले भोग्ने विभेदको उदाहरण भएको बताएकी छन्।