विराटनगरमा ग्लोकलद्वारा आयोजित ‘एनसेल १२थ पासः द ग्लिच’ को दोस्रो र तेस्रो ब्याच सम्पन्न

<span class='c1'>विराटनगरमा ग्लोकलद्वारा आयोजित ‘एनसेल १२थ पासः द</span> <span class='c2'>ग्लिच’ को दोस्रो र तेस्रो ब्याच सम्पन्न</span>

विराटनगर । ग्लोकल प्रालिले एनसेलको सहकार्य तथा एम्बार्क कलेजको सह(आयोजनामा सञ्चालन गरेको ‘ल्अभिि ज्ञद्दतज एबककस् त्ज्भ् न्ीक्ष्त्ऋज्’ को विराटनगरमा आयोजित दोस्रो र तेस्रो ब्याच सफलतापूर्वक सम्पन्न भएको छ।

विराटनगरस्थित एस्पायर कलेजमा आयोजित दुईदिने बुटक्याम्पमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। नेपालमै पहिलो पटक कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि गेमिफाइड ९न्बmषष्भम० अवधारणामा आधारित ‘लाइफ ह्याक’ बुटक्याम्पका रूपमा सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीलाई प्रविधि, सिर्जनशीलता, समस्या समाधान, नेतृत्व तथा सहकार्यजस्ता भविष्यमा आवश्यक पर्ने व्यावहारिक सीप विकास गर्न सहयोग गरेको जनाएको छ।

बुटक्याम्पमा सहभागीहरूले एआई मास्टरी तथा प्रम्प्ट इन्जिनियरिङ, पर्सनल ब्रान्डिङ र एआई अवतार निर्माण, रिल्स तथा टिकटकका लागि कन्टेन्ट निर्माण, वित्तीय साक्षरता तथा बजेट व्यवस्थापन, एस्केप रुम चुनौती तथा ग्राजुएसन स्किल पासपोर्ट लगायतका अन्तरक्रियात्मक सत्रमा सहभागिता जनाएका थिए।


आयोजकका अनुसार परम्परागत सेमिनारभन्दा फरक शैलीमा सञ्चालन गरिएको यस कार्यक्रमले सहभागीहरूलाई टोलीमा काम गर्ने, वास्तविक समस्याको समाधान खोज्ने तथा व्यवहारिक जीवन र करियरका लागि आवश्यक सीप विकास गर्ने अवसर प्रदान गरेको थियो।

कार्यक्रममा सहभागी प्रत्येक विद्यार्थीलाई निःशुल्क एनसेल सिम कार्ड तथा डाटा प्याक उपलब्ध गराइएको थियो, जसले उनीहरूलाई एआई तथा डिजिटल प्लेटफर्म प्रयोग गरी सिकाइलाई अझ प्रभावकारी बनाउन सहयोग गरेको आयोजकले जनाएको छ।

कार्यक्रम सम्पन्न भएपछि आयोजक टोलीले विराटनगरका विद्यार्थीहरूको उत्साह, सिर्जनशीलता र सक्रिय सहभागिताले औपचारिक शिक्षासँगै व्यावहारिक सिकाइप्रतिको युवाको बढ्दो आकर्षण स्पष्ट भएको जनाएको छ।

आयोजकका अनुसार ‘द ग्लिच’ केवल बुटक्याम्प मात्र नभई युवा पुस्तालाई आफ्नो क्षमता पहिचान गर्न, नवीन सोच अपनाउन तथा भविष्यका अवसरका लागि आत्मविश्वासका साथ तयार हुन प्रेरित गर्ने प्लेटफर्म हो।

दुईदिने कार्यक्रममा टोलीगत गतिविधि तथा विभिन्न चुनौतीमार्फत सहभागीहरूमा नेतृत्व, सञ्चार, सहकार्य तथा नेटवर्किङ सीपसमेत विकास गर्न जोड दिइएको थियो।

विराटनगरमा दोस्रो र तेस्रो ब्याच सफलतापूर्वक सम्पन्न भएसँगै ग्लोकल, एनसेल र एम्बार्क कलेजले नेपालको युवा पुस्तालाई शिक्षा र रोजगारीबीचको दूरी कम गर्ने उद्देश्यसहित यस्ता नवीन तथा व्यावहारिक सिकाइका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ग्लोकल प्रालि युवामैत्री संस्था हो, जसले नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, नवीन सिकाइका अवसर तथा सामाजिक प्रभाव सिर्जना गर्ने विभिन्न कार्यक्रममार्फत नेपालका युवालाई सशक्त बनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्