विराटनगरमा ३२ वटा सटरमा सरकारको डोजर

<span class='c1'>विराटनगरमा ३२ वटा</span> <span class='c2'>सटरमा सरकारको डोजर</span>

सोनु साह
विराटनगर। कोशी अस्पतालको अतिक्रमित जग्गामा निर्माण गरिएका ३२ वटा सटर तथा अन्य संरचनामा सोमबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा डोजर चलाएर भत्काइएको छ। कोशी अस्पताल प्रशासनले दोस्रोपटक ७ दिने सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न आग्रह गरेको थियो। आइतबार म्याद सकिएपछि सोमबार बिहानदेखि डोजर सञ्चालन गरिएको हो।


कोशी अस्पतालका सूचना अधिकारी नवराज लुइँटेलका अनुसार विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले निर्माण गरेका २६ वटा सटर तथा कोशी अस्पतालको स्वामित्वमा रहेका ६ वटा सटर गरी कुल ३२ वटा सटर हटाइएको हो।

ती संस्थाहरूले लामो समयदेखि अस्पतालको जग्गामा निर्माण गरिएका सटर भाडामा लगाएर आम्दानी गर्दै आएका थिए। अस्पताल प्रशासनले पटक–पटक जग्गा खाली गर्न आग्रह गरे पनि अटेरी गरेपछि अन्ततः डोजर चलाइएको अस्पतालले जनाएको छ।


असार २१ गते गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले कोशी अस्पतालको संयुक्त अनुगमन गरेका थिए। अनुगमनका क्रममा अस्पतालको अतिक्रमित जग्गा ७ दिनभित्र खाली गराउन अस्पताल प्रशासनलाई निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार सूचना जारी गरिएको र म्याद समाप्त भएपछि भौतिक संरचना हटाउने काम सुरु गरिएको हो।


कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। चन्द्रलाभ झाले अतिक्रमण हटाइएको क्षेत्रमा अस्पतालको बाउन्ड्री वाल निर्माण गरिने जानकारी दिए। उनका अनुसार अस्पतालको दीर्घकालीन पूर्वाधार विस्तार तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन खाली भएको जग्गा अस्पतालकै प्रयोजनमा उपयोग गरिनेछ। अतिक्रमण हटाउने अभियानका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको बाक्लो सुरक्षा व्यवस्था रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्