राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली, एक करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण

<span class='c1'>राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली, एक</span> <span class='c2'>करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण</span>

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै २)८३ साल असार २( गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ । विभागले नयाँ सूचना प्रविधि प्रणाली सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ । यस्तो अवस्था नयाँ प्रणाली सञ्चालनको सुरुवाती चरणमा स्वाभाविक भएको विभागको भनाइ छ । सम्भावित समस्यालाई ध्यानमा राख्दै विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रही प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिरहेको जनाएको छ ।

विभागले देखिएका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न आफूहरू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताएको छ । नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ । सेवाग्राहीको सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विभागको विश्वास छ । साथै, राहदानी सेवासम्बन्धी सूचना तथा जानकारीका लागि विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन विभागले सेवाग्राहीलाई आग्रह गरेको छ । राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्