भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल

<span class='c1'>भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र</span> <span class='c2'>साहित्यलाई समृद्ध बनाउनुपर्छ : सभामुख अर्याल</span>

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण गर्ने नभई उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे । उनले आजको दिन भानुभक्तलाई सम्झने मात्र नभई उनको योगदानलाई व्यवहारमा उतार्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनुपर्ने बताए । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच पनि आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्नु सबैको सामूहिक जिम्मेवारी भएको उनको भनाइ थियो । उनले भने,‘भानुभक्तले देखाएको मार्ग सरलता, स्पष्टता र जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । हामीले युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्छ । सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयअनुकूल रूपान्तरण गरेर अघि बढ्नुपर्छ ।’ सभामुख अर्यालले भानुभक्त आचार्यको लेखनले नेपाली भाषालाई घर–घरमा पु¥याउनुका साथै जनजनमा चेतना फैलाउने महत्वपूर्ण काम गरेको बताए । नेपाली भाषाले नेपालको सांस्कृतिक एकतालाई मजबुत बनाएको उल्लेख गर्दै उनले नेपालभित्र मात्रै नभई विदेशमा रहेका नेपालीलाई समेत एउटै भावनात्मक सूत्रमा जोड्ने काम नेपाली भाषाले गरिरहेको बताए ।

उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभई मुलुकको पहिचान, संस्कृति र इतिहाससँग जोडिएको महत्वपूर्ण आधार भएको बताए । त्यसैले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि राज्य, साहित्यकार, शिक्षण संस्था र नयाँ पुस्ताको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्