पूर्वमन्त्री रामेश्वर खनालको प्रश्न: नम्बरप्लेट स्पष्ट देखिन्छ, गाडी कसरी शंकास्पद?

<span class='c1'>पूर्वमन्त्री रामेश्वर खनालको प्रश्न: नम्बरप्लेट</span> <span class='c2'>स्पष्ट देखिन्छ, गाडी कसरी शंकास्पद?</span>

काठमाडौँ । पूर्वमन्त्री रामेश्वर खनालले शंकास्पद गाडी कसरी भएछ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नबुझेको कुराः गाडीको नम्बरप्लेट स्पष्ट देखिन्छ, शंकास्पद कसरी भएछ!’

काठमाडौंका तीन प्रमुख सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान बाटो नै अवरुद्ध हुने गरी पार्क गरिएका तीन वटा गाडी भेटिउका थिए । तीमध्ये दुई वटा निजी व्यक्तिको र एउटा सानीमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले किनेको खुलेको छ ।

यातायात व्यवस्था विभागको विवरणअनुसार, कान्तिपुर पब्लिकेशनअगाडि पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकबाट ऋण लिएर एसटी मोटर्सले पाँच दिनअघि मात्र नामसारी गरेको पाइएको छ ।

त्यस्तै, अनलाइनखबरको कार्यालयअगाडि रहेको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा दर्ता रहेको विभाग स्रोतले जनाएको छ।

यस्तै, हिमालय टेलिभिजनअगाडि राखिएको बा.१० च १२५५ नम्बरको गाडी पनि एक निजी व्यक्तिको नाममा दर्ता रहेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, तीनै गाडी त्यहाँ कसले र किन राख्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्