सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ : रिमा विश्वकर्मा

<span class='c1'>सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा</span> <span class='c2'>राख्नुपर्छ : रिमा विश्वकर्मा</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी हुन् । ‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएको छ । बढ्दै गएको आत्मादहाको प्रयासका घटनाहरूले नागरीको मानसीक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गर्दिएको छ,’ उनले भनिन् । नीति सुधारको नाममा सरकारले हतारमा निर्णय गरिरहेको हो कि भन्ने प्रश्न गर्दै उनले कानुन निर्माण गर्दा त्यसको प्रत्यक्ष असर नागरिकमाथि परिरहेको हुन सक्ने भन्दै उनले सरकारलाई संवेदनशील बन्न आग्रह गरिन् । उनले भनिन्, ‘नीति सुधारको डौडमा रहेको हाम्रो सरकार कतै हतार त गरी रहेको छैन । जसका लागि कानुन बनाउँदै छौँ कतै उनीहरू कुनै मारमा त परि रहेका छैनन् । कि साँचै नागरिकले आफ्नो पिडा सुनाउन न्याय पाउन यस्तो आत्मघाती कदम चाल्नु पर्ने अवस्था आएको हो ।’

सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब मानसिक स्वास्थ्यलाई पनि राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् । ‘शुसानलाई प्राथमिकतामा राखेको सरकारले अव नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिक एजेन्डाको रूपमा स्थापित गर्न जरुरी छ,’ उनले भनिन्, ‘राजनीतिक दायित्व सँगै हामीले सामाजिक र नैतिक जिम्मेवारलाई पनि संवेदनशीलताका साथ आत्मसाथ गर्न जरुरी छ ।’ उनले राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलता साथ आत्मसाथ गर्न जररुरी रहेको बताइन् । हालैका घटनामा ज्यान गुमाएका गणेश नेपाली, विवेश मण्डल र अस्विन राउतप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्