विराटनगरको पुष्पलाल चौकमा मिनी म्याराथन सम्पन्न

<span class='c1'>विराटनगरको पुष्पलाल चौकमा</span> <span class='c2'>मिनी म्याराथन सम्पन्न</span>

बिराटनगर । ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मारक समितिको आयोजना र पुष्पलाल स्पोर्टिङ क्लबको संयोजनमा ३ किलोमिटर मिनी म्याराथन प्रतियोगिता पुष्पलाल चौकमा सम्पन्न भएको छ।

प्रतियोगितामा बिरेन्द्र चौहानले ८ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरेका छन् । भने सुशान्त खवासले ९ मिनेटमा दौड पार गर्दै दोस्रो स्थान हासिल गरेका छन्। प्रबेश निरौला र सुजन गुरुङले १० मिनेटमा दौड पूरा गर्दै संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।

यसैगरी १५ मिनेटभित्र दौड पूरा गर्ने २५ जना सहभागीलाई फिनिसर मेडल प्रदान गरिएको छ। फिनिसर मेडल प्राप्त गर्नेहरूमा अनुभव थापा, अखिलेश कोइराला, सन्तोष निरौला फुयाल, आरुष यादव, विपन तिवारी, मनिस शाह, भुवन चौधरी, प्रमोद पराजुली, सिमन बस्नेत, कल्याण मगर, रोशन कार्की, मौसम राई, आयुष बिश्वास, प्रिन्स रेग्मी, आदर्श खा, अभिनब कार्की, विक्रम कटवाल, विनायक मगर, सम्पन्न बस्नेत, निमेष निलेश खत्री, सागर शाह, दिपेश थापा, धिरज यादव र सन्जोग ढुङ्गेल रहेका छन्।

उक्त प्रतियोगितामा जम्मा १९२ जनाले सहभागिता जनाएको कार्यक्रम संयोजक सागर थापाले जानकारी दिए। आयोजकका अनुसार सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ। उक्त प्रतियोगिताको मेडिक पार्टनरका रूपमा बिराट मेडिकल कलेज टिचीङ हस्पिटल रहेको थियो । खेलाडीहरूको स्वास्थ्य सुरक्षा तथा आपतकालीन चिकित्सा सेवाको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको थियो।

समुदायमा स्वस्थ जीवनशैली, नियमित व्यायाम तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण रहने विश्वासका साथ बिराट मेडिकल कलेज टिचीङ हस्पिटल यस्ता सामाजिक तथा खेलकुद गतिविधिहरूमा निरन्तर सहकार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्