झापामा उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’

<span class='c1'>झापामा उद्धार तथा विपद्</span> <span class='c2'>प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’</span>

दमक । झापामा लगातार वर्षा र सम्भावित बाढी–पहिरोबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार तथा विपद् प्रतिकार्य संयन्त्रलाई ‘हाई अलर्ट’ मा राखिएको छ । झापा बाढीको उच्च जोखिम भएको जिल्ला हो ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा स्वयंसेवकहरूलाई विपद्को जुनसुकै अवस्थामा पनि तत्काल परिचालन हुन सक्ने गरी पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बाढी वा पहिरोका कारण राजमार्ग तथा भित्री सडक अवरुद्ध हुन नदिन स्थानीय तह तथा सडक निर्माण व्यवसायीसँग रहेका डोजर, एक्साभेटर, लोडरलगायत भारी उपकरणहरू पनि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ ।

उहाँका अनुसार नदी तथा खोला किनारका बस्ती र आकस्मिक बाढी ९फ्ल्यास फ्लड० को उच्च जोखिम रहेका होचा क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम थप प्रतिकूल बनेमा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएकाले आवश्यक पूर्वतयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्