विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जापान भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।
शाहीले सामाजिक सञ्जालमार्फत जापानको रक्सी पनि कडा रहेछ भन्दै व्यंग्यात्मक शैलीमा लेखेका छन्। उनले वर्षौँदेखि लुकाउन खोजिएका सत्य कुरा मुखबाट निस्किएको उल्लेख गर्दै सहकारी ठगी प्रकरणदेखि विभिन्न समूहलाई लक्षित गर्दै टिप्पणी गरेका छन्।
उनले आफ्नो स्टाटसमा सहकारी ठगलाई ठग,गाँजडी ग्याङ, खराने ग्याङू र टीओबी ग्याङ जस्ता शब्द प्रयोग गर्दै व्यंग्य गरेका छन्।

त्यसैगरी उनले विदेशमा रहेका नेपाली युवालाई लक्षित गर्दै आज तिमीहरूको डलर टन्नै झर्छ, जति रोस्ट गर्न मन छ गर, जति स्टाटस लेख्न मन छ लेख भन्दै आफूलाई आलोचना गर्न खुला चुनौती दिएका छन्। साथै नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है भन्ने व्यंग्यात्मक टिप्पणी पनि गरेका छन्।
शाहीको उक्त स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।