विराटनगरमा भोलि सोमबार एमआरआर भजन हुने

<span class='c1'>विराटनगरमा भोलि सोमबार</span> <span class='c2'>एमआरआर भजन हुने</span>

विराटनगर । पछिल्लो समय देशका विभिन्न सहरमा लोकप्रिय बन्दै गएको एमआरआर भजन अब विराटनगरमा पनि सुरु हुने भएको छ। आयोजक समितिका अनुसार विराटनगर महानगरपालिका–१९ स्थित घिनाहा घाटमा आगामी श्रावण ४ गते सोमबार साँझ ६ बजेदेखि ६ः३० बजेसम्म सिंघिया खोलामा गरिने आरतीसँगै एमआरआर भजन कार्यक्रमको औपचारिक शुभारम्भ गरिनेछ।

कार्यक्रममा सबै श्रद्धालु तथा सर्वसाधारणलाई सहभागी हुन खुला गरिएको आयोजकले जनाएको छ। एमआरआर भजनमार्फत धार्मिक आस्था अभिवृद्धि गर्ने, नेपाली संस्कृति संरक्षणमा टेवा पुर्‍याउने, सामाजिक एकता र भाइचाराको भावना मजबुत बनाउने उद्देश्य रहेको समितिले जनाएको छ।

पछिल्ला वर्षहरूमा देशभर विशेषगरी युवापुस्तामाझ MRR भजनप्रति आकर्षण बढ्दै गएको भन्दै आयोजकले विराटनगरमा पनि यसको विस्तार गरिएको बताएका छन्।

स्थानीय स्तरमै धर्म, संस्कृति र सामूहिक भजन–कीर्तनलाई प्रवर्द्धन गर्दै सकारात्मक सामाजिक सन्देश फैलाउने अपेक्षासहित कार्यक्रम सुरु गर्न लागिएको आयोजकको भनाइ छ। नियमित रूपमा सञ्चालन हुने यस भजन कार्यक्रममा ठूलो संख्यामा भक्तजनको सहभागिता रहने विश्वास पनि आयोजकले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्