साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन, व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया

<span class='c1'>साउनको सोमबार पशुपतिनाथमा सहज दर्शन,</span> <span class='c2'>व्यवस्थापनप्रति भक्तजनको सकारात्मक प्रतिक्रिया</span>

काडमाडौं । साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका मात्रिका प्रसाद लामिछानेले साउनमा शिवको दर्शन र व्रत बस्दा परिवारमा सुख, शान्ति प्राप्त हुने धार्मिक विश्वासका कारण आफू दर्शनका लागि आएको बताएका छन् । उनले मन्दिरमा दर्शनका लागि करिब आधा घण्टा मात्रै लाइनमा बस्नु परेको बताए । उनले पशुपति क्षेत्र विकास कोषले दर्शन व्यवस्थापनलाई अघिल्ला वर्षको तुलनामा अझ व्यवस्थित र सहज बनाएको भन्दै खुसी व्यक्त गरे । लामिछानेले साउन महिनामा शिवको व्रत बस्नु धार्मिक दृष्टिले मात्र नभई सबैका लागि शुभ मानिने विश्वास रहेको बताए । यसैगरी, दर्शनका लागि मन्दिर पुगेकी अप्सरा लामिछानेले यसपटक धेरै समय लाइनमा बस्नुनपरेको र सहज रूपमा भगवान् पशुपतिनाथको दर्शन गर्न पाएको बताइन् ।

आफू प्रत्येक साउनको सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्न आउने गरेको बताउदै उनले यस वर्ष पनि भगवान् शिवसँग आफ्नो तथा परिवारको सुस्वास्थ्यको कामना गरेको बताइन् । यस्तै, पशुपतिनाथको दर्शन गर्न पुगेकी अम्बिका फुयाँलले यसपटक दर्शनका लागि धेरै समय लाइनमा बस्नुन परेको बताएकी छन् । उनका अनुसार मन्दिरमा दर्शन व्यवस्था सहज रहेको र अघिल्ला वर्षको तुलनामा व्यवस्थापनमा सुधार भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्