मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे

<span class='c1'>मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु</span> <span class='c2'>निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे</span>

काठमाडौं । तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन् ।

मंगलबार सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अर्थतन्त्र नै सरकार भएकाले अर्थतन्त्र सुधार नगरि देश नबन्ने दाबी गरे । ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ । देशको अर्थतन्त्र नै सरकार हो,’उनले भने, ‘अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन । मान्छे निर्यात गरेर देश बन्दैन । मान्छेले उत्पादन गरेको बस्तु निर्यात गरे मात्र यो देश बन्छ । हामी सबै उत्साहित छौँ ।’ देशको आर्थिक विकासका लागि उत्पादनमूलक उद्योगको विस्तार आवश्यक रहेको बताउँदै उनले उनले तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यरहेको बताए ।

तयारी पोशाक उद्योग संघले विगत चार वर्षदेखि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग गर्दै आएको उल्लेख गर्दै उनले सरकारले उक्त उद्योग आफैं सञ्चालन गर्ने निर्णयलाई सकारात्मक कदमको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्