बिमा कम्पनीका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

<span class='c1'>बिमा कम्पनीका पूर्व सीईओ</span> <span class='c2'>मृगेन्द्रनाथ रिमाल पक्राउ</span>

काठमाडौँ । व्यवसायी दिपक भट्टसँग कनेक्सन भेटिएपछि नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं महानगरपालिका ७, सिफलबाट रिमाललाई पक्राउ गरेको हो। उनी दिपक भट्टविरुद्ध बिमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।

सीआईबीले बिहीबार नै रिमाललाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ। अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले यस प्रकरणमा अनुसन्धान जारी रहेको र आवश्यक तथ्य संकलन भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्