एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

<span class='c1'>एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित</span> <span class='c2'>आकाश भैरवको चित्र राखिने</span>

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो ।नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परिवर्तन मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने व्यवस्था छ । नयाँ सिक्कामा नेपालको चुच्चे नक्सा यथावत् राखिनेछ। साथै सिक्काको आकार र तौलमा समेत परिवर्तन गरिने भएको छ ।

हाल प्रचलनमा रहेको एक रुपैयाँको सिक्का उत्पादन गर्दा यसको निर्माण लागत अंकित मूल्यभन्दा बढी पर्ने भएकाले उत्पादन खर्च घटाउने उद्देश्यले नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । स्टिलको प्रयोगले उत्पादन लागत घट्नुका साथै वातावरणीय दृष्टिले पनि उपयुक्त र दीर्घकालीन रूपमा लाभदायी हुने अपेक्षा गरिएको छ ।

यसअघि पनि सिक्काको तौल घटाउने प्रयास भएको थियो। नयाँ डिजाइनमा तौल र आकार दुवै परिमार्जन गरी सिक्का उत्पादनलाई थप लागत–प्रभावकारी बनाइने भएको छ । सांस्कृतिक पक्षलाई निरन्तरता दिँदै नयाँ सिक्कामा परम्परागत रूपमा रहने ६४ वटा थोप्ला यथावत् राखिनेछन् । यी थोप्लालाई ६४ योगिनीको प्रतीकका रूपमा लिइन्छ। राष्ट्र बैंकका अनुसार सिक्कामा समावेश गरिने चित्र तथा चिन्हहरूले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रतिबिम्बित गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्