सिरहा झडपमा गोली लागेर घाइते भएका किशोरको मृत्यु

<span class='c1'>सिरहा झडपमा गोली लागेर</span> <span class='c2'>घाइते भएका किशोरको मृत्यु</span>

सिरहा । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको हो । घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।प्रशासनका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ । सम्भावित थप अप्रिय घटना हुन नदिन सिरहाका विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्