विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग

<span class='c1'>विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न</span> <span class='c2'>जय मातृभूमि पार्टीको माग</span>

काठमाडौं । जय मातृभूमि पार्टीले १ करोड बढी विदेशी नागरिकलाई नेपाली नागरिकता दिँदाको परिणाम विगतका मधेश आन्दोलन र आजको धार्मिक द्वन्द्व सिर्जना भएको जिकिर गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान बालेन सरकार र पुराना दलमा कुनै भिन्नता नरहेको आरोपसमेत लगाएको छ ।

पार्टीका अध्यक्ष रामशरण पाण्डेले समसामयिक राजनीतिक विषयमा बौल्दै देश इतिहसकै सबैभन्दा संवेदनशील अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । पाण्डेले दुई तिहाइको बालेन सरकारले देशमा राजनीतिक स्थायीत्व ल्याउन नसक्नुमा जनमतको अबहेलना भएको बताउँदै भने,‘भ्रष्टाचार र वेथितिको अन्त्य गर्ने एजेण्डाका साथ आएको सरकार पनि पुरानै बाटो तताउँदा जनता निराश बनेका छन् ।’नेपालले सदियाैंदेखि अबलम्बन गरेको ‘असंलग्न परराष्ट्र नीति’लाई वर्तमान सरकारले उल्लङ्घन गर्दा देश थप खतरामा पर्न थालेको अध्यक्ष पाण्डेको आरोप छ । ‘पहिलो पटक दलाई लामाले सरकारलाई बधाई दिँदै सुरु भएको मित्र राष्ट्र चीन विरोधी कार्य हाल आएर ‘फ्रि तिब्बत आन्दोलन’ लाई बल पुग्ने गरी उनै ‘दलाई लामाको जन्मोत्सव’ मनाउने लगायतका सभा सम्मेलन गर्न छुट दिनुले झस्काएको छ,’ पाण्डेको कथन छ । अध्यक्ष पाण्डेले २००७ सालदेखि विदेशीलाई नागरिकता दिन सुरु भएको र आजसम्म १ करोड ५० लाख बढी विदेशी नागरिकहरु नेपालमा रहँदा देशको अस्तित्व नै संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरे । पछिल्लो समयमा मुख्यत तराई क्षेत्रमा अशान्तिको जड रोहिङगा र बंगाली रहेको बताउँदै पाण्डेले भने, ‘१ करोड १७ लाख २३ हजार इण्डियन, ४८ हजार तिब्तीयन, ११ सय यूरोपियन, ९६३ अमेरिकन, ४१ जना अफ्रिकनलगायत विश्वभरिकालाई नेपाली नागरिकता बाँडियो, जुन ०६४ पछि ह्वात्तै बढेको छ, यो राष्ट्रिय अस्तित्वमाथि गम्भीर संकेत हो ।’ उनले देशको अस्तित्व रक्षा गर्नका लागि २००७ यताका विदेशीको नागरिकता छानविन गर्न माग गरेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले सरकारले उत्पादन र रोजगारमा प्राथमिकता दिनुको सट्टा उपभोग र आयातमा मात्रै जोड दिँदा देशको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाए । उपाध्यक्ष टुलराज बस्यालले वर्तमान सरकार अर्थतन्त्रप्रति संवेदनशील नरहेको आरोप लगाए । अर्थविद तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका बस्यालले विद्दानको रुपमा परिचित अर्थमन्त्री पाएको भन्दै गर्दा देशले सबैभन्दा खराब परिणत भोगेको आरोप लगाए । पार्टीका महासचिव लक्ष्मी दत्त भट्टले बालेन सरकार जनउत्तरदायी भन्दा सञ्चालित भएको आरोप लगाउँदै, देशलाई पुरानाहरुले भन्दा झन खराब अवस्थामा पुर्याउनतर्फ उद्दत रहेको आरोप लगाए । पार्टीका सचिव तोप गुरुङले वर्तमान सरकारले सांसदलाई स्वकिय सचिव राख्न नपाउने निर्णय उल्ट्याउँदै पुरानाले जस्तै स्वकीय सचिव राख्ने निर्णय गर्नु प्रतिगामी कदम रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्