मोरङको रतुवामाईमा एक हजार ३३ किलो गाँजासहित मिनी ट्रक नियन्त्रणमा

<span class='c1'>मोरङको रतुवामाईमा एक हजार ३३</span> <span class='c2'>किलो गाँजासहित मिनी ट्रक नियन्त्रणमा</span>

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारे क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा बर्डंगाको टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार उर्लाबारी–आमबारी सडकखण्डमा चेकजाँचका क्रममा को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा बरामद गरेको हो।

 

सशस्त्र प्रहरी नायब उपरीक्षक विकास भुजेलको कमाण्डमा सशस्त्र प्रहरीका १० जना तथा इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा नेपाल प्रहरीका १० जना गरी २० सदस्यीय संयुक्त टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको मिनी ट्रक रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको पछाडिपट्टि धानको भुसाको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको ३१ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा मिनी ट्रक चालक धनकुटाको पाख्रीवास नगरपालिका–९, हिले निवासी २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिइएको छ। बरामद गाँजा, मिनी ट्रक तथा चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्