अवैध रूपमा भारततर्फ ओसारिँदै गरेका ४ गोरु मोरङ प्रहरीको नियन्त्रणमा

<span class='c1'>अवैध रूपमा भारततर्फ ओसारिँदै गरेका</span> <span class='c2'>४ गोरु मोरङ प्रहरीको नियन्त्रणमा</span>

विराटनगर मोरङ प्रहरीले नेपालबाट भारततर्फ अवैध रूपमा ओसारपसार गर्न लागिएका चार वटा गोरु नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धनपालथान गाउँपालिका–७ हरकपुर क्षेत्रमा दुई जना व्यक्तिले चार वटा गोरु भारततर्फ लैजाँदै गरेको सूचनाका आधारमा गडेरिया प्रहरी चौकीबाट खटिएको टोलीले निगरानी गरेको थियो। प्रहरी टोलीलाई देख्नेबित्तिकै ती व्यक्तिहरू गोरु घटनास्थलमै छाडेर भारततर्फ फरार भएका थिए। प्रहरीले चारै वटा गोरु सुरक्षित रूपमा नियन्त्रणमा लिएर गडेरिया प्रहरी चौकीमा राखेको जनाएको छ। फरार भएका व्यक्तिहरूको खोजी तथा पहिचानको काम जारी रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्