अत्यधिक मादक पदार्थ सेवन गराई जबरजस्ती करणी गरेको आरोपमा एक महिला सहित तीन पक्राउ

<span class='c1'>अत्यधिक मादक पदार्थ सेवन गराई जबरजस्ती करणी</span> <span class='c2'>गरेको आरोपमा एक महिला सहित तीन पक्राउ</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका–१ स्थित एक रिसोर्टमा एक महिलालाई अत्याधिक मादक पदार्थ सेवन गराई ज्यान मार्ने धम्की दिँदै जबरजस्ती करणी गरेको आरोपमा एक महिला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ मा भाडामा बस्दै आएकी २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका–८ बस्ने ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेका छन् ।

प्रहरीका अनुसार पीडित महिलालाई आईतबार विराटनगरबाट पथरी घुम्न जाने भन्दै तीनै जनाको मिलेमतोमा अत्यधिक मादक पदार्थ सेवन गराइएको थियो। त्यसपछि उनलाई लेटाङ–१ स्थित हाम्रो रिसोर्टमा लगेर ज्यान मार्ने धम्की दिँदै डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

पीडित महिलाले प्रहरीसमक्ष दिएको बयानमा आफूले डम्बर खतिवडालाई यसअघि कहिल्यै नदेखेको र नचिनेको उल्लेख गरेकी छन् । साथै आफूलाई अत्यधिक मादक पदार्थ सेवन गराएर होस गुम्ने अवस्थामा पुर्‍याई जबरजस्ती करणी गरिएको दाबी गरेकी छन् ।

घटनासम्बन्धी जाहेरी र प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले जानकारी दिए । हाल पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्