पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार, ३ जना पक्राउ

<span class='c1'>पत्रकारको परिचयपत्र बोकेर लागुऔषध</span> <span class='c2'>कारोबार, ३ जना पक्राउ</span>

काठमाडौँ । पत्रकारको परिचयत्र पत्र बोकेर लागुऔषध कारोबार हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार परिचय पत्र देखाउँदै लागुऔषध कारोबारमा संलग्न एकजना सहित ३ जना कारोबारीहरूलाई पक्राउ छ ।

ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा१६ च ७८४६ नम्बरको कार सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ घर भएका २५ वर्षीय गुल्सन प्रसाद साह छन् ।

उनीहरू सिरहाको मिर्चैयाबाट कारमा लागुऔषध खैरो हेरोइन लिएर काठमाडौँतर्फ आउँदै थिए । कार चालक उमेश यादवका साथमा पत्रकारको परिचयपत्र भेटिएको छ । लहान–२२ सिरहा ठेगाना उल्लेखित जनजागरण खबरको परिचयपत्र बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए । उनले सो कार हुलास फाइनान्सबाट किसताबन्दीमा निकालेको भेटिएको छ ।

आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए । आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्