रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

<span class='c1'>रास्वपाले भदौदेखि ‘नागरिक, नीति र</span> <span class='c2'>नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाका सहमहामन्त्री असिम शाहले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। ‘यस कार्यक्रम अन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनु हुनेछ। जसले भुइँमान्छेका आवाजलाई सीधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्ने विश्वास गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले आम नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्। यसबाट नागरिकका वास्तविक समस्या र आवाजलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउने अपेक्षा रास्वपाले गरेको छ।

त्यसपछि साँझ ६ बजेबाट दोस्रो चरणअन्तर्गत ‘नेतृत्व संवाद’ हुनेछ। उक्त चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बस्नेछ। नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा बैठकमा छलफल गरिनेछ। रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्नु हो। त्यस्तै, मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा पार्टीको सांगठनिक तह, संसदीय दल र सरकारमा रहेका प्रतिनिधिबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने उद्देश्य पनि कार्यक्रमको रहेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्