ग्यास लुकाएकाे आराेपमा बिक्रेतालाई ५० हजार जरिवाना

<span class='c1'>ग्यास लुकाएकाे आराेपमा बिक्रेतालाई</span> <span class='c2'>५० हजार जरिवाना</span>

नेपालगञ्ज । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ नेतृत्वकाे अनुगमन टाेलीले नेपालगञ्जकाे सदरलाइनमा रहेकाे शंकर दयाल बद्रीप्रसाद प्राेभिजन स्टाेरलाई ग्यास लुकाएकाे आराेपमा ५० हजार जरिवाना गरेकाे छ।

ग्यास लुकाएकाे सूचना पाएपछि गएकाे टाेलीले सटर खाेलेर हेर्दा १३ वटा सिलिन्डर फेला पारेकाे थियाे। अनुगमन टाेलीले कालोबजारीका लागि लुकाएर राखेकाे भनिरहँदा स्टाेर सञ्चालकले वितरण गर्न राखेकाे बताएका थिए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ काे दफा ३८ काे खण्ड (क) बमाेजिम कसुर गरेकाले उक्त स्टारलाई साेही ऐनकाे दफा ३९ काे उपदफा (१) काे खण्ड (घ) बमाेजिम ५० हजार जरिवाना गरेकाे जनाएकाे छ।

कार्यालयले ७ दिनभित्र जरिवाना रकम कार्यालयकाे खातामा बुझाएर भाैचर लिएर उपस्थित हुन निर्देशन गरेकाे छ। स्टाेर सञ्चालकले जरिवाना पत्र बुझ्न मानेनन्। अहिले बजारमा खाना पकाउने ग्यासकाे अभाव देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्