पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु

<span class='c1'>पहिरो हटाएपछि बीपी</span> <span class='c2'>राजमार्ग सुचारु</span>

रामेछाप । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

गएराति परेको अविरल वर्षाका कारण सडकको माथिल्लो भागबाट ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतसमेत ठप्प भएको थियो।

पहिरो हटाएपछि अहिले बीपी राजमार्गमा दुवैतर्फी सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, वर्षा निरन्तर भइरहेकाले सडकका विभिन्न स्थानमा पुनः पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्