धार्मिक संस्थालाई समान कानुनी दायरामा ल्याउनुपर्छ : सांसद लामा

<span class='c1'>धार्मिक संस्थालाई समान कानुनी दायरामा</span> <span class='c2'>ल्याउनुपर्छ : सांसद लामा</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले धार्मिक संस्थाहरूलाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले कप्तानगञ्ज र गोलबजारमा भएका घटनामा ज्यान गुमाउने तथा घाइते हुने सबै नेपाली नागरिक भएकाले उनीहरूको सुरक्षाको जिम्मेवारी राज्यको भएको बताइन्। उनले भनिन्,‘कप्तानगञ्ज र गोलबजारमा भएको घटना धार्मिक वा जुनसुकै कारणले भएको भए पनि यस घटनामा ज्यान गुमाउने र घाइते हुने सबै नेपाली नागरिक हुन्। भएका क्षति पनि अन्ततः नेपाल र नेपालीकै क्षति हो। आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्न नसक्नु भनेको राज्यको कमजोरी हो।’यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा समन्वय तथा दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै उनले धार्मिक सहिष्णुता नेपालको विशेषता भएको बताइन्।

‘मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायत सबै धार्मिक आस्थाका केन्द्रहरू हाम्रा सभ्यता, संस्कृति र सामाजिक एकताका महत्त्वपूर्ण धरोहर हुन्,’ उनले भनिन्। सबै धार्मिक संस्थालाई समान र पारदर्शी कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले धार्मिक संस्थाहरू सम्बन्धित सरकारी निकायमा अनिवार्य रूपमा दर्ता हुने व्यवस्था गर्नुपर्ने बताइन्। त्यस्तै, धार्मिक संस्थाका आर्थिक स्रोत पारदर्शी बनाउन नियमित लेखापरीक्षणको व्यवस्था गर्नुपर्ने उनको माग छ। धर्मको नाममा हुने सबै प्रकारका कानुनविपरीत गतिविधिलाई कडाइका साथ रोक्न उनको माग छ । ‘यो कुनै धर्म वा आस्थामाथि हस्तक्षेप होइन, सुशासन, पारदर्शिता, सामाजिक सद्भाव र राष्ट्रिय हितको सुनिश्चितता हो । धर्मको नाममा हुने सबै प्रकारका कानुनविपरीत गतिविधिलाई कडाइका साथ रोक्दै सबै धार्मिक संस्थाका लागि समान कानुनी मापदण्ड लागू गरियोस्,’ उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्