वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

<span class='c1'>वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको</span> <span class='c2'>राजकीय सम्मानका साथ अन्त्येष्टि</span>

जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको मंगलबार जनकपुरधामस्थित स्वर्गद्वारी श्मशानघाटमा अन्त्येष्टि गरिएको हो।

अन्त्येष्टिका क्रममा प्रहरीले डा. बिमलको सम्मानमा सलामी अर्पण गरेको थियो। अन्त्येष्टि तथा शवयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गणेश’ समेत सहभागी भएका थिए। मन्त्री पौडेलले बिमलको पार्थिव शरीरमा घरमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।


अन्त्येष्टिअघि जनकपुरधामस्थित उनको निवासबाट शवयात्रा निकालिएको थियो। शवयात्रा जनकपुरधाम नगरका विभिन्न भागको परिक्रमा गर्दै स्वर्गद्वारी श्मशानघाट पुगेको थियो।

डा. बिमलको सोमबार राति ७९ वर्षको उमेरमा निधन भएको थियो। नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका बिमल नेपाली तथा मैथिली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका साहित्यकारका रूपमा चिनिन्छन्।

भाषाविज्ञानमा विद्यावारिधि गरेका बिमलले नेपाली, मैथिली र अंगे्रजी विषयमा स्नातकोत्तर गरेका थिए। उनी २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा संलग्न भएका थिए।

साहित्य तथा शिक्षाको क्षेत्रमा योगदान पुर्‍याएका बिमल जगदम्बाश्री पुरस्कार, मधुपर्क लगायत विभिन्न सम्मान तथा पुरस्कारबाट विभूषित भएका थिए। उनको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार तथा शुभेच्छुकहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्