काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई ललितपुरको बागडोलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरूद्ध विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको बताइएको छ। सो जाहेरीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन्।