किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

<span class='c1'>किशोर श्रेष्ठलाई तीन दिन</span> <span class='c2'>हिरासतमा राख्न अनुमति</span>

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिन म्याद थप गरिएको छ। बिहीबार जिल्ला अदालत, काठमाडौँले पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। न्यायाधीश उमेशप्रसाद लुइटेलको इजलासले हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतले जनाएको छ।

प्रहरीले पत्रकार श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो।

उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो। बिहीबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको थियो।

श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डट्कमका सञ्चालक तथा सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्