सरकार असफल होस् भन्ने कांग्रेसको चाहना छैन : विश्वप्रकाश शर्मा

<span class='c1'>सरकार असफल होस् भन्ने कांग्रेसको</span> <span class='c2'>चाहना छैन : विश्वप्रकाश शर्मा</span>

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि बोल्दै शर्माले प्रतिपक्षमा रहेको दलले सामान्यतया सरकार असफल भएको हेर्न चाहने भए पनि कांग्रेसले त्यस्तो धारणा नराखेको बताए ।

उनले नयाँ सरकारको नीति तथा कार्यक्रम असफल हुँदा त्यसले समाजमा निराशा ल्याउने भएकाले कांग्रेसले प्रतिनिधिसभामा अवरोध गरे पनि राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग गरेको स्मरण गरे । शर्माले भने, ‘सरकारको असफलता हामी चाहँदैनौँ। सामान्यतया प्रतिपक्षीको स्वरबाट सुनिँदै गर्दा सरकारको असफलताको अपेक्षा हुन्छ। तर यही कांग्रेस पार्टीले प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्रीको खोजी गर्दै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेला अवरोध गरिरहेको अवस्थामा त्यही दिन राष्ट्रिय सभामा उभिएर कांग्रेस पार्टीले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सघाएको थियो।’ शर्माले कांग्रेस विगतभन्दा पृथक ढंगले अघि बढिरहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्ताले त्यसलाई आत्मसात गर्नुपर्ने बताए । उनले कांग्रसको देउवा पक्षलाई संकेत गर्दै पार्टी केन्द्रले अघि सारेको नयाँ अभियानसँग सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस विगतमा भन्दा पृथक ढंगले काम गरिरहेको छ । यो यथार्थलाई आज सुरु भएको राष्ट्रिय भेलाका प्रत्येक साथीहरूले पनि मनन गर्न जरुरी छ ।’ निवर्तमान सभापति शेरबहादुर देउवा काठमाडौं फर्किएपछि कांग्रेसले स्वागत गरेको स्मरण गर्दै शर्माले देउवाबाट पार्टीका सबै नेता–कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धताको अपेक्षा गरिएको बताए ।

उनले देउवाले लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने विषय उल्लेख गरेको भन्दै आगामी सम्मेलनमा पनि त्यसलाई केन्द्रमा राख्नुपर्ने बताए । ‘हाम्रो अपेक्षा थियो निर्वतमान सभापतिले बोल्दैगर्दा भनिदिनपर्ने थियो म लामो समयपछि देश फर्केको छु, सबैको सुन्न चाहान्छु । यद्यपी, लिखित अभिव्यक्ति आएको छ । परिवर्तनलाई आत्मसाथ गर्न चाहन्छु र युवा अगाडि बढाउने कुरा गर्नुभएको छ । राष्ट्रिय सम्मेलनले पनि त्यो कुरालाई केन्द्रमा राखोस,’ उनले भने । शर्माले नेपाली कांग्रेस विधि, पद्धति र प्रक्रियामार्फत परिवर्तनको अध्यायमा प्रवेश गरिसकेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्