सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा

<span class='c1'>सरकार पाँच वर्ष चल्नुपर्छ, कांग्रेस जिम्मेवार</span> <span class='c2'>प्रतिपक्षको भूमिकामा रहन्छ : गगन थापा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई निर्वाध रूपमा पाँच वर्ष चल्न दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको भन्दै प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । लोकतन्त्रमा प्रतिपक्षले आफ्नो भूमिका सही ढंगले निर्वाह गर्न नसके लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने उनको भनाइ थियो ।

उनले भने,‘ वर्तमान सरकारले हाम्रो दृष्टिकोणलाई बुझ्ने प्रयास गर्छ । हामी अहिले प्रमुख प्रतिपक्ष दलको हैसियतमा छौं । प्रमुख प्रतिपक्ष दलको आफ्नै जिम्मेवारी हुन्छ । डेमोक्रेसीमा पोजिसनले आफ्नो भूमिका ठीक ढंगले गर्न सकेन भने डेमोक्रेसी ठीक ढंगले अगाडि बढ्दैन भन्ने मान्यता हामी राख्छौं । हाम्रा विगतका अनुभवहरूले पनि पाठ सिकाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार निर्वाध रूपमा पाँच वर्ष चल्नुपर्छ ।’थापाले आगामी निर्वाचन वर्तमान सरकारले नै गराउनुपर्ने धारणा राख्दै कांग्रेसले आगामी निर्वाचनमा वर्तमान सरकारभन्दा बढी काम गर्न सक्ने क्षमता प्रस्तुत गरेर नागरिकको विश्वास जित्ने बताए । उनले अन्य दलभित्रको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘अर्को चुनाव यो सरकारले गराउनुपर्छ । त्यो निर्वाचनमा हामी अहिलेको सरकारभन्दा पनि बढी गर्न सक्ने क्षमता राखेर, नागरिकहरूलाई विश्वास दिलाएर, त्यो जिम्मेवारी लिने कुरामा विश्वास गर्छौं । हामी कुनै पनि पार्टीहरूको आन्तरिक विमेलमा कहीँकतै खेल्न चाहँदैनौं र खेल्दैनौं ।’नेपालमा यसअघि पनि बहुमतका सरकार बनेको उल्लेख गर्दै थापाले ती सरकारहरू आफ्नै आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा अस्थिर बनेको बताए । उनले कांग्रेस वर्तमान सरकारको प्रतिद्वन्द्वी नभई प्रतिस्पर्धी र सहयात्रीसमेत भएको बताए । सरकारका काममा प्रश्न उठाउनु, आलोचना गर्नु र आवश्यक विषयमा विमति राख्नु प्रतिपक्षको कर्तव्य भएको उनको भनाइ थियो ।

उनले भने,‘ हामी वर्तमान सरकारको प्रतिद्वन्द्वी होइनौं। हामी प्रतिस्पर्धी हौं, हामी सहयात्री पनि हौं। प्रश्नहरू गर्ने हाम्रो कर्तव्य हो। आलोचना गर्नु हाम्रो धर्म हो। कतिपय कुरामा विमति राख्नुपर्ने ड्युटी हो ।’थापाले सरकारमा देखिएको ‘शासकीय अराजकता’ अन्त्य गर्नुपर्नेमा जोड दिए । राज्यका संस्थाहरूलाई मन्त्री वा प्रधानमन्त्री कार्यालयमा बसेका व्यक्तिले आफ्नो इच्छाअनुसार सञ्चालन गर्न सकिन्छ भन्ने सोच गलत भएको उनले बताए ।

‘शासकीय अराजकताको सबैभन्दा मुख्य कुरा प्रधानमन्त्रीजीले यो कुरा बुझ्नुहोस् भन्ने हाम्रो आग्रह छ,’ थापाले भने, ‘राज्यको एउटा संस्थालाई मैले चाहेको बेलामा गर्छु भनेर मन्त्री वा प्रधानमन्त्री कार्यालयमा बसेकाले सोचेका छन् भने त्यो गलत हो । शासकीय अराजकता अन्त्य गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्