१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण

<span class='c1'>१३ जना शेर्पाद्वारा लेनिन</span> <span class='c2'>पिकको सफल आरोहण</span>

काठमाडौं । नेपालबाट गएको हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनको टोलीले ७ हजार १३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको छ । यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।

हिमालयन र्याम्बलरका अनुसार आरोहणमा सहभागी १३ जना शेर्पाले विभिन्न आरोहण टोलीलाई शिखरसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीहरूको नेतृत्वमा करिब ३० जना आरोहीले लेनिन पिकको शिखर सफलतापूर्वक पुग्न सकेको कम्पनीले जनाएको छ । यस अभियानमा हिमालयन र्याम्बलर ट्रेक्स एन्ड एक्सपेडिसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पासाङ गेल्जे शेर्पा स्वयं पनि सहभागी थिए । उनले यसपटक एकपटक लेनिन पिकको शिखर आरोहण गरेका छन् ।

लेनिन पिक आरोहण गर्ने १३ शेर्पा

हिमालयन र्याम्बलरका अनुसार यस वर्षको लेनिन पिक अभियानमा शिखर पुगेका शेर्पाहरूमा दारिन्जी शेर्पा, निमा ग्याल्जेन शेर्पा, छिरिङ टेन्डी शेर्पा (बी), निमा टेन्डी शेर्पा, पासाङ गेल्जे शेर्पा, दावा तेन्जी शेर्पा, आङ दावा शेर्पा, ल्हाक्पा छिरी शेर्पा, निमा नुरु शेर्पा, दावा जाङ्बु लामा, छिरिङ टेन्डी शेर्पा (ए), ल्हाक्पा नुरु शेर्पा र फुरु सोना शेर्पा रहेका छन् । कम्पनीले उपलब्ध गराएको विवरणअनुसार दारिन्जी शेर्पा, निमा ग्याल्जेन शेर्पा, छिरिङ टेन्डी शेर्पा (बी) र निमा टेन्डी शेर्पाले दुई–दुई पटक तथा बाँकीले एक–एक पटक शिखर यो आरोहण गरेका छन् ।कम्पनीका अनुसार यस अभियानमा नेपाली टोलीका शेर्पाहरूले आरोहणको प्राविधिक तथा व्यवस्थापकीय पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूले विदेशी तथा अन्य आरोहीहरूलाई उच्च हिमाली क्षेत्रमा मार्गदर्शन, सुरक्षा तथा शिखर आरोहणमा सहयोग गरेका थिए ।

हिमालयन र्याम्बलरले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत २०२६ को लेनिन पिक अभियान टोलीले ७,१३४ मिटर अग्लो लेनिन पिक सफलतापूर्वक आरोहण गरेको जानकारी समेत सार्वजनिक गरेको छ । कम्पनीले टोलीलाई सफल आरोहणका लागि बधाईसमेत दिएको छ । विश्वका अग्ला हिमाल आरोहणमा नेपाली शेर्पाहरुको सक्रियता बढेसँगै पछिल्लो समय अन्य मुलुकहरुले नेपाली शेर्पाहरुलाई हिमाल आरोहणका लागि बोलाउने गरेका छन् । ७,१३४ मिटर अग्लो लेनिन पिक किर्गिस्तान र ताजिकिस्तानको सीमामा रहेको पामिर पर्वत शृंखलाको एक भव्य उच्च हिमाली शिखर हो । यो मध्य एसियाको प्रमुख पर्वतारोहण गन्तव्यका रूपमा परिचित छ । विश्वका ७ हजार मिटरभन्दा अग्ला हिमालमध्ये तुलनात्मक रूपमा सहज र कम प्राविधिक कठिनाइ भएको शिखरका रूपमा यसलाई चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्