गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याइयोस् : सांसद तामाङ

<span class='c1'>गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा</span> <span class='c2'>ल्याइयोस् : सांसद तामाङ</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङले काभ्रेमा प्रहरी र एक महिलासँग सम्बन्धित फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले आफूलाई मन नपर्ने व्यक्ति वा संस्थाको चरित्र हत्या गरेर रमाउने प्रवृत्ति समाजका लागि गम्भीर समस्या भएको बताइन्। उनले नेपालको संविधानको धारा २८ ले गोपनीयताको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै सम्बन्धित कानुनले समेत बिना सहमति कसैको तस्बिर खिच्ने तथा त्यसलाई सम्पादन गरी वा नगरी सार्वजनिक गर्ने कार्यलाई निषेध गरेको बताइन्।काभ्रेमा एक प्रहरी र एक महिलामाथि गोपनीयताको हक हनन हुने गरी फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाले उनीहरूको व्यक्तिगत जीवनमा गम्भीर आघात पुगेको सांसद तामाङको भनाइ छ। उनले भनिन्, ‘सामाजिक सञ्जालमा भाइरल गराइएको काभ्रेको घटना, जसमा एकजना प्रहरी र एकजना महिलामाथि उल्लेखित अधिकारको हनन हुने गरी फोटो, भिडियो बनाएर सार्वजनिक गरेर कानुनको धज्जी मात्रै उडाइएन, निजहरूको व्यक्तिगत जीवनमाथि गम्भीर आघात पुग्ने काम भएको छ।’ कानुनविपरीत फोटो तथा भिडियो बनाएर सार्वजनिक गर्ने व्यक्तिको खोजी भइरहेको भन्दै समाचार आए पनि अनुसन्धान कहाँ पुगेको छ भन्नेबारे उनले प्रश्न उठाइन्। ‘कानुनविपरीत त्यसरी फोटो भिडियो बनाउने, सार्वजनिक गर्ने व्यक्तिलाई खोज्दै प्रहरी भन्दै समाचार त बन्यो, तर खोजी कार्य कहाँ पुग्यो ?’ उनले प्रश्न गरिन्।

सांसद तामाङले घटनाका बेला गैरकानुनी गतिविधि भइरहँदा पनि रोक्न नसकेका फिल्डमा खटिएका प्रहरीमाथि समेत आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिन्। आम नागरिकको गोपनीयताको हक हनन हुने यस्ता गतिविधि निरुत्साहित गर्न सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्