अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह

<span class='c1'>अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर</span> <span class='c2'>हुँदैछ :अमरेशकुमार सिंह</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए । उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे । उनले भने, ‘अख्तियारको पदाधिकारी संसदीय समितिमा आउन मिल्छ, तर कुनै प्रधानमन्त्री, मन्त्रीले बोलाउनेबित्तिकै तपाईंहरू नजानुहोस् । अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन । अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ । अख्तियारले आफ्नो मूल्य पूरा गरिरहेको छैन । त्यो पनि आयोगका पदाधिकारीहरूको आफ्नै कारणले हो। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’ उनले संवैधानिक निकायहरूमा हुने भागबन्डाको राजनीतिसमेत अन्त्य गर्नुपर्ने बताए । संवैधानिक निकायहरूमा पूर्वकर्मचारीहरूको बाहुल्य रहेको भन्दै उनले त्यस्ता संस्थालाई पूर्व कर्मचारीहरूको ‘क्लब’ बन्न नदिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्वकर्मचारीहरूको क्लब बन्न नदिऔँ । जति संवैधानिक निकाय छन, ती सबै पूर्वकर्मचारीहरूको क्लब वा आयोग बनेका छन् ।’ सांसद सिंहले बैठकमा भ्रष्टाचारबाट प्राप्त रकम सुनमा लगानी भइरहेको विषयसमेत उठाए । उनले भ्रष्टाचारबाट आर्जित रकमलाई विभिन्न माध्यमबाट सुरक्षित राख्ने प्रवृत्तिप्रति अख्तियारले गम्भीर अनुसन्धान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्