नयाँ अलैँचीले बजार पाएसंगै किसान उत्साहित

<span class='c1'>नयाँ अलैँचीले बजार</span> <span class='c2'>पाएसंगै किसान उत्साहित</span>

ताप्लेजुङ । कालो सुनको उपनामले परिचित अलैँची यस वर्ष पनि बजार मूल्य कामय रहेको छ । नयाँ अलैंची निस्कन थालेसंगै राम्रो बजार मूल्य पाउन थालको छ । बिहीबार (आज) ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अलैंचीको बजार मूल्य राम्रो भएसंगै किसानहरु उत्साहित भएर अलैँची बगानमा बस्न थालेका छन् । बेँसी क्षेत्रका किसानहरुले अहिले अलैँची बगाउन व्यस्त हुन थालेका छन् । बगानमा अलैँची टिप्न समय भएसंगै अहिले किसानहरु बगानमा व्यस्त हुन थालेको फुङ्लिङ नगरपालिका—९ का किसान सुवास भण्डारीले बताए । ताप्लेजुङमा साउन तेस्रो सतादेखि मंसिरसम्म अलैँची टिपाई हुन्छ । दुई वर्ष यता बजार मूल्य समेत राम्रो भएकाले किसानहरु उत्साहित भएर अलैँची टिप्नमा व्यस्त हुन थालको मैवाखोला गउँपालिकाका किसान सूर्य लिम्बूले बताए । बेँसीदेखि बिस्तारै लेकाली क्षेत्रमा टिपाई सर्दै जाने गर्दछ । ताप्लेजुङका मैवाखोला क्षेत्रका खाते क्षेत्र फुङ्लिङ नगरपालिका हाङदेवा, आठराई त्रिवेणी गाउँपालिका चाँगेको बेँसी क्षेत्रमा अलैँची टिपाई थालेका छन् । अलैँची टिपाईसंगै अलैँची बगानमै छोढाउँने भट्टीमा सुकाउँन कार्य हुन्छ । अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा अलैँचीको कारोबार हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन् ।

जिल्लाका नौ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । तथ्यांक अनुसार कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले अलैँची खेती गर्दै आएका छन् । नेपालमा उत्पादित अलैंचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैंची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्