शिक्षा संवादमा सहभागी हुन शिक्षामन्त्री धनगढी जाँदै

<span class='c1'>शिक्षा संवादमा सहभागी हुन</span> <span class='c2'>शिक्षामन्त्री धनगढी जाँदै</span>

धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिनेछ । कार्यक्रममा सहभागी सरोकारवालाबाट आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षामा देखिएका समस्या तथा सुधारका उपायबारे सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारका नीतिमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्