काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीमा परेर घाइते भएका सात जनालाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ दोर्जे शेर्पाका अनुसार टिमुरबाट सात जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो।
बुधबार बिहान करिब ९ बजेतिर तिब्बत क्षेत्रबाट लेन्दे खोलामा एक्कासि आएको भीषण बाढीले दुईवटा बजार बगाएको जनाइएको छ।
बाढीमा परी धेरै मानिस बेपत्ता भएको बताइएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढीका कारण भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।