बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

<span class='c1'>बाढीका कारण १९ पुलमा क्षति,</span> <span class='c2'>४० किलोमिटर सडक भत्कियो</span>

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडक भत्काएको तथा विभिन्न स्थानमा सडक कटान भएको छ ।

बाढीबाट प्रभावित सडक खण्डमा यातायात सञ्चालन पुनःस्थापित गर्न सडक विभागले आवश्यक भारी उपकरण परिचालन गरेको छ । विभागले क्षतिग्रस्त क्षेत्रमा डोजर, एक्स्काभेटरलगायतका मेसिनरी उपकरण परिचालन गरी सडक खुलाउने र क्षतिको थप मूल्यांकन गर्ने काम अघि बढाएको जनाएको छ । त्रिशूली नदी किनारका विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले आवागमन प्रभावित भएको छ । विभागले प्रभावित क्षेत्रमा पुनःस्थापना र मर्मतको काम तीव्र बनाइएको जनाएको छ । हालसम्मको विवरण प्रारम्भिक भएकाले क्षतिको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्