गोल्छा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड सहयोग

<span class='c1'>गोल्छा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप</span> <span class='c2'>उद्धार कोषमा डेढ करोड सहयोग</span>

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि खोलिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोल्छा ग्रुपले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। गोल्छा ग्रुपका प्रमुख शेखर गोल्छाले कोषमा डेढ करोड रुपैयाँ सहयोग जम्मा गरिएको जानकारी दिएका हुन्। बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उनले बताएका छन्।

शेखर गोल्छाले विपद्को कठिन समयमा उद्धार, राहत तथा प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्‍याउनु सबैको साझा प्राथमिकता हुनुपर्ने बताएका छन्।
उनले यस्तो विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनु साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काम जारी छ। विपद्पछि विभिन्न निजी क्षेत्र, उद्योगी तथा व्यवसायीहरूले सरकारको उद्धार कोषमा आर्थिक सहयोग घोषणा गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्