बाढीले बगाएर बेपत्ता भएकामध्ये चितवनमा १३० जनाको शव फेला

<span class='c1'>बाढीले बगाएर बेपत्ता भएकामध्ये चितवनमा</span> <span class='c2'>१३० जनाको शव फेला</span>

चितवन। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएकामध्ये १३० जनाको शव चितवनमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शव अहिले भरतपुरमा संकलन गर्ने काम भइरहेको छ।

त्रिशूली र नारायणी नदीका किनारमा ती शव फेला परेका हुन्। फिस्लिङदेखि मेघौलीको गोलाघाटसम्मको क्षेत्रमा शव भेटिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो।

फेला परेका शवको व्यवस्थापन र पहिचानका लागि चितवनमा शव पहिचान कक्ष स्थापना गरिएको छ। भरतपुरमा रहेको औद्योगिक विकास प्रतिष्ठानको भवनमा उक्त कक्ष स्थापना गरिएको हो।

चितवनमा लगातार शव फेला पर्न थालेपछि पहिचानमा सहजता होस् भन्ने उद्देश्यले शव पहिचान कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो। शव संकलन भएपछि सनाखतको काम पनि सुरु गरिने उहाँले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्