एनसेलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

<span class='c1'>एनसेलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार</span> <span class='c2'>कोषमा १ करोड सहयोग</span>

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गरेको छ। एनसेलले आज घोषणा गरेबमोजिम अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग रकम हस्तान्तरण गरेको हो।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुग्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको एनसेलले जनाएको छ।
एनसेलले विपद्को यस कठिन घडीमा आफ्नो सहयोगले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा थप बल पुग्ने विश्वास व्यक्त गरेको छ।

भोटेकोशीमा आएको बाढीबाट नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार तथा राहतका लागि सरकार, निजी क्षेत्र र विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्