बाढी अपडेट : ३८९ जनाको शव फेला

<span class='c1'>बाढी अपडेट : ३८९</span> <span class='c2'>जनाको शव फेला</span>

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १७ जनाको शव भेटिएको छ।

बाढीका कारण हालसम्म ४६६ जना घाइते भएका छन् । उनीहरूको उद्धार समेत गरिएको छ। उद्धार हुनेहरूमा रसुवाका २८९, नुवाकोटका ९०, काठमाडौँका ८४ र धादिङका ३ जना रहेका छन्।

आपत्कालीन उद्धार तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा ८,३४८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीका कारण १८ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन्। नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्रता दिँदै बेपत्ताहरूको खोजी जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्