काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका इलाकाहरुबाट ४० जना विदेशी नागरिक ९२९ भारतीय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरियन सहित ७०६ जनाको उद्धार गरिएको छ।
साथै, प्रभावित जिल्लाहरुमा राहत र उद्धारका लागि करिब ४ हजार ५ सयभन्दा बढी सेना खटिएको बताइएको छ।