भोटेकोशी बाढी : १२१ विदेशी पर्यटकको उद्धार

<span class='c1'>भोटेकोशी बाढी : १२१</span> <span class='c2'>विदेशी पर्यटकको उद्धार</span>

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म उद्धार गरिएका विदेशीमध्ये सबैभन्दा धेरै भारतका ८५ जना छन् । त्यस्तै चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २, इटालीका २, बुल्गेरियाका १ र स्वीट्जरल्यान्डका १ जना रहेका छन् । उद्धार गरिएका ३ जनाको राष्ट्रियता भने पुष्टि हुन बाँकी छ । बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्र प्रभावित भएका छन् ।

प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था तथा सुरक्षाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले समन्वय गरी जानकारी संकलन तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् । बाढीका कारण घाइते, अलपत्र तथा प्रभावित नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यसमेत जारी रहेको पर्यटन बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्