अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी

<span class='c1'>अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले</span> <span class='c2'>पुरियो, उद्धार तथा खोजी कार्य जारी</span>

काठमाडौं । अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएको सरकारले जनाएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घटनास्थलको अवस्था बुझ्न हेलिकप्टरमार्फत नियमित हवाई निरीक्षण तथा मूल्याङ्कन भइरहेको छ । आवश्यक एक्साभेटरसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्याएर काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । घटनापछि उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । घटनाबारे थप विवरण तथा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घटनासम्बन्धी अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्