बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने

<span class='c1'>बाढीपीडितका लागि ओएनएफको २० लाख,</span> <span class='c2'>विश्वभर राहत अभियान चलाउने</span>

काठमाडौं । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मञ्चको आकस्मिक सचिवालय बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्याउन आफ्नै कोषबाट २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । मञ्चले यससँगै विदेशमा रहेका नेपालीलाई समेत राहत अभियानमा जोड्ने भएको छ । ‘नेपाल बाढी तथा पहिरो प्रभावित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गरी थप सहयोग जुटाउने निर्णय गरिएको छ । मञ्चले विश्वभर रहेका आफ्ना कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी तथा सामाजिक संघसंस्थालाई राहत अभियानमा जोडिन आह्वान गरेको छ ।

संकलित रकम प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनस्र्थापनामा परिचालन गरिने जनाइएको छ । वास्तविक पीडितसम्म सहयोग प्रभावकारी र पारदर्शी रूपमा पुर्याउन सम्बन्धित निकायसँग समन्वय गरिने मञ्चले जनाएको छ । बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मञ्चले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्