विभिन्न स्थानीय तहलाई ‘विपद् संटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय (सुचनासहित)

<span class='c1'>विभिन्न स्थानीय तहलाई ‘विपद् संटग्रस्त क्षेत्र’</span> <span class='c2'>घोषणा गर्ने सरकारको निर्णय (सुचनासहित)</span>

काठमाडौं । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विनाशकारी बाढीपछि प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो ।

नेपाल–चीन सीमास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूमा ठुलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्