चीनबाट सुरुङ उद्धारमा सघाउन दुई विज्ञ टोली नेपाल आउँदै

<span class='c1'>चीनबाट सुरुङ उद्धारमा सघाउन दुई</span> <span class='c2'>विज्ञ टोली नेपाल आउँदै</span>

काठमाडौं । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन भएकाहरूको उद्धार हुन बाँकी छ।

यसैबीच, सुरुङसम्बन्धी उद्धार तथा प्राविधिक काममा सहयोग पुर्‍याउन चीनबाट विज्ञहरूको दुईवटा टोली नेपाल आउने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि उत्खनन कार्य जारी छ। अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको कार्यालयले जनाएको छ।

उत्खननको प्रगति सकारात्मक रहेको र दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्न सकिने अनुमान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बाढीका कारण अन्य जलविद्युत् आयोजनाका संरचना पुरिएका तथा कतिपय क्षेत्रमा बगाएका संरचनामा समेत खोज तथा उद्धार कार्य जारी रहेको छ।

यही परिस्थितिलाई मध्यनजर गर्दै सुरुङसम्बन्धी प्राविधिक ज्ञान तथा अनुभव भएका चीनका दुई विज्ञ टोली नेपाल आउन लागेका हुन्। उनीहरूले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा भइरहेको खोज तथा उद्धार कार्यमा आवश्यक प्राविधिक सहयोग गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्