ड्रोन उडाउँदा हवाई सुरक्षामा जोखिम, बाढी प्रभावित क्षेत्रमा स्वीकृतिबिना ड्रोन उडाए कारबाही हुने

<span class='c1'>ड्रोन उडाउँदा हवाई सुरक्षामा जोखिम, बाढी प्रभावित</span> <span class='c2'>क्षेत्रमा स्वीकृतिबिना ड्रोन उडाए कारबाही हुने</span>

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाए कानुनबमोजिम कारबाही हुने जनाएको छ। प्राधिकरणले शनिबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकप्टरहरू निरन्तर परिचालन भइरहेकाले अनधिकृत रूपमा ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने जनाएको हो।

प्राधिकरणका अनुसार नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना तथा निजी क्षेत्रको समन्वयमा मानवीय उद्धार तथा राहतका लागि हेलिकप्टरहरू पूर्ण क्षमताका साथ परिचालन भइरहेका छन्।

तर, उद्धार कार्य भइरहेका बेला केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाउने गरेको पाइएको प्राधिकरणले जनाएको छ। यस्तो गतिविधिले हवाई सुरक्षामा जोखिम बढाउनुका साथै खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न सक्ने प्राधिकरणको भनाइ छ।

प्राधिकरणले उद्धार उडानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ‘मानवरहित हवाई उपकरण (आरपीए/ड्रोन) उडान सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडान गर्न तथा गराउन आग्रह गरेको छ।

पूर्वस्वीकृतिबिना ड्रोन उडान गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्